PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

सूर्य नेपाल प्रिमियर गल्फ : नम्वर वान प्रो शिवरामलाई प्लेअफमा हराउँदै भुवन नगरकोटी बने च्याम्पियन



गोविन्दराज नेपाल

सूर्य नेपाल प्रिमियर गल्फ : नम्वर वान प्रो शिवरामलाई प्लेअफमा हराउँदै भुवन नगरकोटी बने च्याम्पियन

काठमाडौं : सूर्य नेपाल गल्फ टूर २०१७/१८ अन्तर्गत वर्षको अन्तिम टुर्नामेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितेका छन्।

बिहीवार गोकर्ण गल्फ क्लबमा भएको अन्तिम दिनको खेलमा भुवनले नेपालको नम्बर वान प्रो शिवरामलाई प्लेफमा पराजित गर्दै लगातार तेस्रो उपाधि जितेका हुन्। प्लेअफको दोस्रो होलमा नगरकोटीले शिवराममाथि जित हात पारे। 

पार-७२ गोकर्ण गल्फ क्लबमा अन्तिम दिन दुवै प्रो ले १ अन्डर ७१ को कार्ड बनाएपंछि नियमित ७२ होलको खेलमा भुवन र शिवरामले समान १२ अन्डर २७६ स्कोर गरेका थिए। त्यसपछि विजेताको छिनोफानो प्लेअफबाट गरिएको हो।

यसअघि नगरकोटीले सूर्य नेपाल टूरको पछिल्ला दुई प्रतियोगिता जितेका थिए।

सूर्य नेपालको यो आठौँ तथा अन्तिम टुर्नामेन्ट हो भने वर्षको दशौँ टुर्नामेन्ट हो। सूर्य नेपाल टूरबाहेक यस यसिजन घनश्याम ओपन गल्फ तथा पाइलट गल्फ प्रतियोगिता भएको थियो। नगरकोटीले समग्रमा यो सिजन ४ उपाधि जिते।

तर उनी वरीयतामा नम्वर वान बन्नबाट भने पछि परे। शिवराम तेस्रो वा त्योभन्दा पछि रहेको भए नगरकोटीले शीर्ष स्थानमा रहेर यस सिजनको अन्त्य गर्ने थिए। तर उपविजेता बनेपनि शिवरामले आफ्नो शीर्ष वरीयता रिटेन गरेका छन्।

शिवराम र नगरकोटीले एउटै समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए। शिवरामले अन्तिम दिन पटिङ राम्रो नभएका कारण हार्न पुगेको बताए।

यस्तै नियमित खेलमा १८औँ होलको फिनिसिङ प्वाइन्ट मिस गरेका नगरकोटीले त्यसपछि केही फ्रस्ट्रेसन भएपनि शिवरामलाई हराउदै उपाधि जित्नुको फरक अनुभव भएको प्रतिक्रिया दिए। उनले अबको लक्ष्य नेपालको नम्बर वान प्रो बन्ने रहेको समेत बनाए। 'लगातर ३ उपाधि जितेर ह्याट्रिक गरेँ, अब मेरो अल्टीमेट गोल भनेकै एकपटक नम्बर वान बन्ने हो। त्यसका लागि अब बाहिर गएर खेल्ने तयारीमा छु।'

यस्तै शिवरामले पनि आफ्नो प्रदर्शन सुधार गर्न भारतमा गएर खेल्ने र अमेरिकामा प्रशिक्षण गर्न जाने योजना रहेको बताए।

वर्षको सबैभन्दा ठूलो टुर्नामेन्टको च्याम्पियन बनेका नगरकोटीले नगद २ लाख ३० हजार र ट्रफी हात पारे। उपविजेता बनेका शिवरामले १ लाख ४० हजारमा चित्त बुझाए। यस्तै तेस्रो भएको तोरण विक्रम शाहीले ९५ हजार प्राप्त गरे।

एमेच्योरतर्फ सुनिल केसी च्याम्पियन बने भने टंकबहादुर कार्की उपविजेता भए। यस्तै यस वर्षभर उत्कृष्ट प्रदर्शन गरेका एमेच्योर टंकलाई स्पेशियल रिकगनिजेसन अवार्ड समेत प्रदान गरियो।

४२ प्रो र १४ एम्याचोर गरी कूल ५६ गल्फरले सिजनको अन्तिम प्रतियोगितामा सहभागिता जनाएका थिए।

विजेता खेलाडीहरुलाई सूर्य नेपाल प्रालीका म्यानेजिङ डिरेक्टर अभिमन्यु पोडार, नेपाल गल्फ एसोसिएसनका अध्यक्ष टासी घले र नेपाल पिजिएका फाउण्डर प्रेसिडेन्ट धनश्याम थापाले पुरस्कार हस्तानतरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell