PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

राष्ट्रपतिको सम्बोधनबारे प्रधानमन्त्रीको जवाफः 'के निहुँ पाउ, कनिका केलाउँ' भनेजस्तो



राष्ट्रपतिको सम्बोधनबारे प्रधानमन्त्रीको जवाफः 'के निहुँ पाउ, कनिका केलाउँ' भनेजस्तो

काठमाडौं: नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्वोधनलाई लिएर सांसदहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्। राष्ट्रपतिले संसदमा सम्वोधनमा गर्ने क्रममा माननीय भन्न छुटाएको बिषयमा प्रतिपक्षक दलले टिप्पण गर्दै आएको छ। 

प्रधानमन्त्री ओलीले आइतबार संसदमा भने, 'राष्ट्रपतिको बिषयमा आइरहेको कुरा के निहुँ पाउ, कनिका केलाउँ कि के भन्ने जस्तै मात्र भयो।' प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम पढेको मात्र बताए।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख, अध्यक्ष र सांसदहरुलार्इ गरेको सम्बोधन उचित नभएको आरोप लगाएका थिए। राष्ट्रपतिले प्रस्तुत गरेको कार्यक्रम नेपाल सरकारको दस्तावेज भएको भन्दै सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने भट्टराई को भनाइ थियो। नेपाली काँग्रेसले पनि राष्ट्रपति भण्डारी श्रीपेचविनाको राजा भएको भन्दै टिप्पणी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell