काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेका छन्। चालु बर्ष हासिल गरेको उपलब्धिहरुलाई प्रदेशगत रुपमा प्रस्तुत गरिएको अर्थमन्त्रीले बताए।
६० लाख भन्दा बढी गरिवीको रेखामूखि रहेको जानकारी दिँदै उनले जिडिपीको १५ प्रतिशतले बचत रहेको बताए।
मूल्य बृद्धिमा चाप पर्न थालेको बताउँदै उनले सरकारी खर्च बढेर बजेट घाटा बढ्न थालेको बताए।
शेयर बजार स्थिरताउन्मुख रहेको बताउँदै उनले ब्यापार घाटा जिडिपीको ३७ प्रतिशत पुग्ने अनुमान रहेको बताए।