PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

ढुंगेल रिहाई जनता तर्साउने निर्णय, सदनदेखि सडक तताउँछौ: नेपाली कांग्रेस



ढुंगेल रिहाई जनता तर्साउने निर्णय, सदनदेखि सडक तताउँछौ: नेपाली कांग्रेस

काठमाडौं: नेपाली कांग्रेसले माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई गरेको विषयमा सदनदेखि सडकसम्म आवाज उठाउने जनाएको छ।

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त भनाइ राखेका हुन्।

सरकारले ल्याएको २०७५/७६ को बजेट समीक्षाका लागि राखिएको बैठकपछि सञ्चारकर्मीले ढुंगेलसम्बन्धी राखेको जिज्ञासामा प्रमुख सचेतक खाँणले भने, 'नेपाली कांग्रेस विधिको शासनमा विश्वास गर्दछ। सरकारमा बसेर विधिलाई मिच्न पाइदैन। राजनीतिक उद्देश्यले रिहाई गरिएको छ। सरकारले जनतालाई तर्साउने ढंगले निर्णय गर्‍यो। यसको विपक्षमा कांग्रेस रहन्छ। रहिरहन्छ।'

सर्वोच्च अदालतले ढुंगेलको रिहाइ रोक्न माग गर्दै हालिएको रिट खारेजसम्बन्धी प्रश्नमा उनले अहिलेको सरकारले अदालतलाईसमेत प्रभावित पार्ने गरी काम गरेको आरोप लगाए। 

भने, 'अदालतलाईसमेत प्रभावित पार्नेगरी हतारिएर निर्णय गर्‍यो यो सरकारले। अझै पनि अदालतले निष्पक्ष गर्छ भन्ने हाम्रो विश्वास छ। सम्मान छ। सही निर्णय गरोस भन्ने हाम्रो आग्रह छ।' कांग्रेसले ढुंगेलको रिहाईविरुद्ध प्रदर्शनसमेत गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell