PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

दमकल अभ्यासमा घाइते नगर प्रहरीलाई हेलिकप्टरबाट काठमाडौं लगियो


दमकल अभ्यासमा घाइते नगर प्रहरीलाई हेलिकप्टरबाट काठमाडौं लगियो
सोलुखुम्बु : दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। 

अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो। 

घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए। 

जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन्। नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन्। रासस


दमकल अभ्यासमा घाइते नगर प्रहरीलाई हेलिकप्टरबाट काठमाडौं लगियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट