PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

सांसदलाई ४ करोड आवश्यकै थिएन, यो संसदीय व्यवस्थाको मर्मविपरित भयो : गगन थापा



सांसदलाई ४ करोड आवश्यकै थिएन, यो संसदीय व्यवस्थाको मर्मविपरित भयो : गगन थापा

काठमाडौं: संसदमा बजेटमाथि बोल्ने क्रममा कांग्रेस सांसद गगन थापाले धेरै पढेको अर्थमन्त्री नचाहिने बताएका छन्। अहिलेको अर्थमन्त्रीमा सिर्जनशिलता नभएको बताउँदै धेरै पढेको अर्थमन्त्री नचाहिने बताएका छन्।

‘सबैभन्दा बढी कर तिर्न सक्नेसँग कर बढाएर म आफ्नो ढुकुटी बढाउँछु भन्नका निम्ति सम्माननीय सभामुख महोदय हामीलाई धेरै पढेको अर्थमन्त्री नै चाहिँदैन। थापाले भने,‘स्थापितको दोस्रो संस्करण नमुना मान्य जी यही संसदमा हुनुहुँदो रहेछ भन्ने कुरा आज मैले देख्न पाएँ। त्यसैमा नमुना माननीय जीलाई राख्दिनु भयो भने यस्तो कर बढाउने कुरा सजिलैसँग गर्न सकिन्छ। यसका निम्ति कुनै सिर्जनात्मकता चाहिँदैन।’

संसद थापाले बजेटमा अर्थमन्त्रीको कमजोरीहरु जनाएका थिए। 

‘अर्थमन्त्री जीले साहस गर्नु सक्नु भएन। माननीय सांसद ज्यूहरुले भन्नु भएको विकास निर्माणमा नीतिगत कुरामा हाम्रो सहयोग चाहिन्छ भन्ने कुरामा मेरो पनि सहमति छ। तर निर्वाचन क्षेत्र पूर्वाधार कोषको कार्यक्रमलाई नयाँ नाम दिएर लिएर आउनको सन्दर्भमा माननीय अर्थमन्त्री ज्यूले भन्नु भयो। मलाई मन थिएन तर गर्नुपर्यो।’ थापाले भने,‘म यहाँ जोड दिएर भन्न चाहान्छु यो कार्यक्रम आवश्यकै थिएन। यो कार्यक्रम संघीयताको मर्म विपरीत छ र यो कार्यक्रम संसदीय व्यवस्थाको मर्म विपरीत छ। तर यो कार्यक्रमलाई हटाउने साहस गर्नु सक्नु भएन। सांसदसँग साहस गर्न नसकिसके पछाडि मन्त्रीसँग पनि साहस गर्न सक्नु भएन।’

‘कार्यक्रम हेरेर भन्न सकिन्छ मन्त्रालय दिएका कुनै पनि कार्यक्रम माननीय अर्थमन्त्री ज्यूले काट्न सक्नु भएको छैन। रकम थोरै दिनु भएको होला। तर अनावश्यक कार्यक्रमहरु काट्न सक्नु भएको छैन।’ थापाले भने,‘बजेटको कोर्ष परिवर्तन गर्न सकिन्थ्यो। थुप्रै पुराना कार्यक्रम हटाउन सकिन्थ्यो। नयाँ कार्यक्रम थप्न सकिन्थ्यो। समाजिक सुरक्षाले नयाँ ढंगले राख्न सकिन्थ्यो।’

ऋण लिएर पनि कतिपय पुर्वाधारको योजना निर्माण गर्न सक्ने अवस्था रहेको बताउँदै थापाले अर्थमन्त्रीले साहस गर्न नसकेको बताए। 

बजेट मार्ग दर्शनमा पनि चुकेको दाबी गर्दै थापाले पूर्वाधारमा चुकेर बजेट छरिएको बताए। नेपालमा एक वर्षभित्र लगानीको स्थल बनाउन सकिन्छ तर बजेटबाट नसकिएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell