PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

३३ किलो सुन प्रकरण : डेबिड भनिने छिरिङ थुनामा



३३ किलो सुन प्रकरण : डेबिड भनिने छिरिङ थुनामा

काठमाडौं: ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेबिड भनिने छिरिङ वाङ्गेललाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला कारागार मोरङ पठाइएको छ।

न्यायधीश नारायणप्रसाद शर्माको इजलासले आइतवार जिल्ला अदालत मोरङले उनलाई थुनामा पठाएको हो। आइतवार अदालत समक्ष आत्मसमर्पण गरेका डेविटले आफु गोरेले बयानमा भनिएको मानिस नभएको भन्दै बयान दिएका थिए। 

डेबिडमा पक्षमा अधिवक्ता सरोज अधिकारी र बरिष्ठ अधिवक्ता विश्व भट्टराई बहस गरेका थिए। सरकारी पक्षबाट भने पुण्यप्रसाद पाठकले बहस गरेका हुन्। सुन प्रकरणमा जोडिएका  ३० जनालाई अदालतले थुनामा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell