PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

नेपाललाई फलफूलमय बनाउन ओलीको आह्वान, ‘एक नेपाली एक फलफूल’ अभियान शुरु



नेपाललाई फलफूलमय बनाउन ओलीको आह्वान, ‘एक नेपाली एक फलफूल’ अभियान शुरु
तस्विर : रासस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पुर्‍याउन सबै नागरिकसँग आग्रह गरेका छन्।

‘सिंहदरबार बगैँचामा लिची र एबोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’ बिरुवा अभियानको शुभारम्भ गर्दै ओलीले नेपाललाई फलफूलमय र हरियालीमय बनाउने अभियानमा योगदान पुर्‍याउन सबैसँग आह्वान गर्दै भने, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔँ, हरियाली बढाऔँ, आम्दानी बढाऔँ, वातावरण सपारौँ।” 

नेपालमा हाल करीब ४५ प्रतिशत वनक्षेत्र रहेको र एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै ओलीले हामी वातावरणप्रति सजग रहेको र अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षारोपण हुने बताए। 

विदेश निर्यात गर्न सकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्दै ओलीले फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।
 
कार्यक्रममा आँप, लिची, एबोगार्डो, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको थियो।

उपप्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए।

जमीनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यका साथ उक्त अभियान शुरु भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell