PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

सुन तस्करी रोक्न  चिनियाँ राजदूतसँग गृहमन्त्रीले मागे सहयोग



सुन तस्करी रोक्न  चिनियाँ राजदूतसँग गृहमन्त्रीले मागे सहयोग

काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि चीनका राजदुत यु होङसँग भेटेर सुन तस्करी रोक्न सहयोगका माग गरेका छन्।

मंगलबार गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री थापाले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न चिनिया पक्षको सहयोग मागेका हुन्। 

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदूतसँग आग्रह गरेका थिए।

राजदुत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell