PahiloPost

Jun 21, 2024 | ८ असार २०८१

'म्याच फिक्सिङ' मुद्दामा विशेष अदालतले दियो पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाई



'म्याच फिक्सिङ' मुद्दामा विशेष अदालतले दियो पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाई

काठमाडौँ : विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा रकमको लोभमा मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको मुद्दामा विशेष अदालतले आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाइ दिने फैसला गरेको छ। 

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले अन्जन के.सी., पूर्व गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री, फिजियोथेरापिस्ट डेजिब थापा पूर्व कप्तान सागर थापा र उपकप्तान सन्दिप राईलाई सफाई दिने फैसला गरेको विशेष अदालतका सहरजिस्ट्रार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। 

पूर्व प्रशिक्षक अन्जन केसी भर्खरै सट्टेबाजीको आरोपमा पक्राउ परेका भए पनि धरौटी तिरेर रिहा भएका छन्। 

२०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। नेपाली राष्ट्रिय फुटबल टिमबाट नेपाल राष्ट्रको प्रतिनिधित्व गरी नेपालको झण्डा र राष्ट्रिय गानको सपथ खाई फुटबल खेल्दा अवैध अन्तराष्ट्रिय एजेन्टहरुसँग साँठगाँठ गरी म्याच फिक्सिङ गरी खेल हार्ने योजना बनाई रकम लिएको दावी गर्दै यो कसुर अपराध राज्यविरुद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ को उपदफा ३.१ अनुसार राष्ट्र विप्लपको कसूर अपराध गरेको भन्दै सोही ऐनको दफा ३.१ बमोजिम जन्मकैदको सजाय हुन मागदावी लिइएको थियो। 

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell