काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सचिव तेन्जिङ लामाको करेन्ट लागेको मृत्यु भएको छ। बिहिवार साँझ नुहाउन बाथरुममा पुगेका लामा करेन्ट लागेर बेहोस भएका थिए।
इटहरी २० स्थित घरमा करेन्ट लागेर बेहोस भएका लामालाई उपचारका लागि धरान लगिदै गर्दा बाटो मै मृत्यु भएको राजपाका प्रवक्ता सन्तोष मेहताले जानकारी दिएका छन्।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामाको मृत्यु भएको पुष्टि गरेको मेहताले बताए। नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका लामा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको सचिव थिए। सदभावना पार्टीलगायतको पार्टीले राजपा गठन गर्दा पनि उनी सचिव नै भएका थिए।