PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आजदेखि नेपालमा मनसुन प्रवेश, यो वर्ष दुई दिन छिटो आयो मनसुन



आजदेखि नेपालमा मनसुन प्रवेश, यो वर्ष दुई दिन छिटो आयो मनसुन

काठमाडौँ : नेपालमा शुक्रबारदेखि मनसुनपूर्वी भेगबाट प्रवेश गरी क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही दिन भित्रै नेपालभर मनसनु फैलिने अनुमान गरिएको छ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन २ दिन अघि शुरू भएको महाशाखाले जनाएको छ।

नेपालमा साधारणतया: जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ।

यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू-भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको छ। मान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ।

सरदर वर्षाको ९०% देखि ११०% सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढी वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मानिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell