PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


गृहमन्त्रीलाई प्रचण्डले आफ्ना ठेकेदार घरबेटीलाई कारबाही नगर्न भनेको हो कि हैन : संसदमा उठ्यो प्रश्न


गृहमन्त्रीलाई प्रचण्डले आफ्ना ठेकेदार घरबेटीलाई कारबाही नगर्न भनेको हो कि हैन : संसदमा उठ्यो प्रश्न

काठमाडौँ : समयमा काम पूरा नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दबाब दिएको बारे संसदमा प्रश्न उठेको छ। 

नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले गृहमन्त्रीज्युलाई बोलाएर कारबाही नगर्नू भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।'

भक्तपुर जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो।

 



गृहमन्त्रीलाई प्रचण्डले आफ्ना ठेकेदार घरबेटीलाई कारबाही नगर्न भनेको हो कि हैन : संसदमा उठ्यो प्रश्न को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट