PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जडिबुटीमा स्कुटी दुर्घटनामा ज्यान गुमाउने युवतीको पहिचान खुल्यो : २४ वर्षीया अस्मिता



जडिबुटीमा स्कुटी दुर्घटनामा ज्यान गुमाउने युवतीको पहिचान खुल्यो : २४ वर्षीया अस्मिता

काठमाडौँ : आज बिहान सवा ११ बजे काठमाडौँ महानगरपालिका -३२ जडिबुटी चोकस्थित आकाशे पुलमुनि भएको सवारी दुर्घटनामा ज्यान गुमाउने युवतीको पहिचान खुलेको छ। 

भक्तपुरबाट काठमाडौँमा आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोहि दिशातर्फ आउँदै गेरेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा रौतहट जिल्ला गौर घर भई हाल काभ्रे बनेपा बस्ने २४ वर्षकी अस्मिता राजभण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी राजभण्डारीको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा १२:४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक चालक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा रहेको छ। 

यो पनि हेर्नुस्
जडिबुटीमा टिपरको ठक्करले एक महिलाको मृत्युः आक्रोशितले टिपर जलाए
टिपरको ठक्कर, महिलाको मृत्यु : आक्रोशितले ट्रकमा लगाउँदाको क्षण, हेर्नुस फोटोमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell