PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

संसदको शून्य समयमा प्रधानमन्त्रीको चीन भ्रमणबारे चासो : तिंकर, नाग्चे - नाग्ला हुँदै घइला नाका खोल्न माग



संसदको शून्य समयमा प्रधानमन्त्रीको चीन भ्रमणबारे चासो : तिंकर, नाग्चे - नाग्ला हुँदै घइला नाका खोल्न माग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराउन सांसदहरुले माग गरेका छन्। सांसदहरुले चीन भ्रमणका क्रममा चीन सरकारसँग हुने सहमति र सम्झौताका विषयमासमेत जानकारी गराउन माग गरे। 

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उत्तरी नाका खोल्न पहल गर्न माग गरे। 

ने क पाका सांसद दामोदर भण्डारीले चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुद बन्ने भन्दै पश्चिम सेती जलविद्युत आयोजना निर्माणका विषय उठाए। 'पश्चिम सेती जलविद्युत आयोजना लामो समय देखि बन्ने नबन्ने बन्ने नबन्ने अत्यन्तै चर्चामा रह्यो,' उनले भने, 'कहिले विद्युत प्राधिकरणले बनाउने कहिले चिनियाँ कम्पनीले बनाउने, कहिले थ्रि गर्जेजले बनाउने लामो समयसम्म यो बहसको विषयमा रह्यो। यतिवेला सरकारको बजेटमा यो आयोजनालाई नेपालको आन्तरिक लगानीमा..... (माइक काटियो)।' 

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी माग गरे। 'सभामुख महोदय यतिवेला सम्माननीय प्रधानमन्त्री ज्यूको मित्रराष्ट्र चीन भ्रमणको तयारी पूरा भएको जानकारी आइरहेका छन्। तर संसदलाई कुनै जानकारी भएको छैन्,' उनले भने, 'उत्तरी नाका खोल्ने कुराहरु छ छैन्, र छ भने, दार्चुलाको तिंकर नाका यसपटकको एजेन्डामा छ की छैन? जानकारी चाहियो।' 

सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा गोर्खाको घइला नाका खोलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। यसैगरी सांसद नवराज राउतले कर्णाली प्रदेशमा रहेको हिल्सा नाकाको काम भइरहेको जानकारी दिदै नाग्चे नाग्ला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन माग गरे। 

यसैगरी डा मिनेन्द्र रिजालले प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था भएपनि आजको बैठकमा त्यो व्यवस्था नगरिएकोप्रति ध्यानाकषर्ण गराए। 

रिजालले प्रतिनिधि सभाको नियमावली ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको विषय उठाए। सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पछि यसलाई अगाडि बढाउने जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell