PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेमार : २० वर्षयताका विश्वकपमा सबैभन्दा बढी फाउल खाने खेलाडी



नेमार : २० वर्षयताका विश्वकपमा सबैभन्दा बढी फाउल खाने खेलाडी

स्विट्जरल्यान्डसँग ब्राजिलले आइतबार राति अबेर भएको खेलमा जित निकाल्न सकेन। मध्यान्तरसम्म ब्राजिलले अग्रता लिए पनि खेल १-१ को बराबरीमै टुङ्गियो। 

यो खेलमा नेमारले भने एउटा नयाँ कीर्तिमान राख्न पाए। कीर्तिमान स्वीस खेलाडीहरुको सहयोगमा बनेको थियो। 

२६ वर्षीय ब्राजिली सुपरस्टारलाई स्विस खेलाडीहरुले १० वटक फाउल हानेका थिए। इएसपिएनका अनुसार सन‍् १९९८ को विश्वकप यता सबभन्दा बढी फाउल खाने उनी नै हुन्। 

१९९८ को विश्वकलमा एलान सियररलाई ट्युनिसियाका खेलाडीले ११ पटक फाउल हानेका थिए। 

सन् १९६६ को विश्वकपपछि ब्राजिली फुटबलको इतिहासमा पनि सबैभन्दा बढी फाउल खाने खेलाडी उनी नै बने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell