PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आधा खेल सकिँदा पानामालाई इङ्ल्यान्डको झन्डै आधा दर्जन गोल



आधा खेल सकिँदा पानामालाई इङ्ल्यान्डको झन्डै आधा दर्जन गोल

काठमाडौं: विश्वकप फुटबलको समूह जी अन्तर्गतको खेलमा इङल्यान्डले पानामालाई पहिलो हाफमै ५ गोल गरेको छ।

आठौं मिनेटबाट गोल शुरु गरेको इङल्यान्डले दुई गोल पेनाल्टीमार्फत गर्‍यो।

खेलको आठौं मिनेटमा स्टोन्सले गोल गरे भने २२ औं मिनेटमा हृयारी केनले पेनाल्टीमार्फत गोल गरे। ३६ औं मिनेटमा लिङगर्ड, ४० औं मिनेटमा स्टोन्सले गोल गरे भने पहिलो हाफको अन्तमा फेरि केनले नै पेनाल्टीमार्फत गोल थपे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell