वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका भित्रिएका आप्रावासीले तुरुन्त ‘डिपोर्ट’ गर्न निर्देशन दिएका छन्। आइतबार राष्ट्रपति ट्रम्पले अमेरिका भित्र प्रवेश गरेका अवैध आप्रावासीलाई ‘न्यायाधीश तथा अदालती मुद्दा विनै’ तुरुन्त देखि निकाल्न निर्देशन दिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ।
‘हामी यी मानिसहरुलाई हाम्रो देश प्रवेशका लागि अनुमति दिन सक्दैनौँ,’ उनले भने। उनले अमेरिकाको आप्रवासी नीति तथा कानुन मजाक बनेको समेत बताए।
We cannot allow all of these people to invade our Country. When somebody comes in, we must immediately, with no Judges or Court Cases, bring them back from where they came. Our system is a mockery to good immigration policy and Law and Order. Most children come without parents...
— Donald J. Trump (@realDonaldTrump) June 24, 2018
उनले लामो पर्खाइपछि कानुनी प्रक्रियामा रहेर आउने मानिसहरुमाथि यो नीतिले अन्याय गरेको समेत बताए। उनले आप्रवासन मेरिट बेसमा हुनुपर्ने भन्दै अमेरिकालाई पुन महान बनाउनेलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।....Our Immigration policy, laughed at all over the world, is very unfair to all of those people who have gone through the system legally and are waiting on line for years! Immigration must be based on merit - we need people who will help to Make America Great Again!
— Donald J. Trump (@realDonaldTrump) June 24, 2018