PahiloPost

Sep 24, 2024 | ८ असोज २०८१

हामी भारतविरुद्ध चीन कार्ड खेल्दैनौं, अनि भित्र र बाहिरवाला कुरा पनि गर्दैनौं : प्रधानमन्त्री ओली



हामी भारतविरुद्ध चीन कार्ड खेल्दैनौं, अनि भित्र र बाहिरवाला कुरा पनि गर्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौं : चीन भ्रमणबारे संघीय संसदमा जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक छिमेकीका विरुद्ध अर्को छिमेकीको प्रयोग नगर्ने बताएका छन्।

चीन भ्रमण सफल र सकारात्मक भएको उल्लेख गर्दै दुवै छिमेकीसँग सहकार्य गर्ने बताए।

आज प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भारत र चीन कार्डप्रति इंगित गर्दै भने, ‘...छिमेकीहरुसँग सम्बन्ध सुधारेका छौं। हामी एकका विरुद्ध अर्काको कार्ड खेल्ने तरिकाले चल्दैनौं। हामी दुवै छिमेकीसँग पारस्परिक सहयोग र सहकार्यको माध्यमले अगाडि बढ्ने छौं।'

 प्रधानमन्त्री ओलीले विकासका प्रयासमा छिमेकीको सहयोग लिन चाहेको बताउँदै छिमेकीको प्रगति र उन्नतिबाट लाभ लिन चाहेको बताए।

‘हामी भित्र र बाहिरवाला कुरा गर्दैनौं। दुई छिमेकीका बीचमा असमझदारी हटाउनेमा प्रयासरत छौं। हामी यता वा उता ढल्किने गर्दैनौं,’ ओलीले भने,‘ हामी पञ्चशीलका आधारमा, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तदरायित्व हेरे अगाडि बढ्छौं।’

आफूले छिमेकीहरुमा तनावको अवस्था होइन शान्ति हेर्न चाहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell