PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

इन्जुरी टाइमको पेनाल्टीमा गोलकिपरको आत्मघाती गोल, स्विट्जरल्यान्ड २  कोस्टारिका २ भिडियो हाइलाइट्स

इन्जुरी टाइमको पेनाल्टीमा गोलकिपरको आत्मघाती गोल, स्विट्जरल्यान्ड २ कोस्टारिका २ भिडियो हाइलाइट्स


समूह ईको अन्तिम खेलमा जित हासिल गर्न नसके पनि स्विट्जरल्यान्ड दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। अन्तिम खेल खेल्नुअघि नै समूह चरणबाटै घर फर्किसकेको कोस्टारिकासित भएको खेलमा स्विट्जरल्यान्डले दुई पटकसम्म अग्रता लियो। तर कोस्टारिकाले गोल फर्काउँदै बराबरी गर्‍यो। 

खेलको ३१ औँ मिनेटमा जेमालीले पेनाल्टी एरियामा एम्बोलोले दिएको पासबाट गोल गरी स्विट्जरल्यान्डले अग्रता लिएको थियो। तर मध्यान्तरपछि ५६ औँ मिनेटमा कर्नर किकमा पाएको बललाई हेड गर्दै डिफेन्डर केन्डल वास्टनले बराबरी गरे। 

खेल सकिन दुई मिनेट बाँकी रहँदा जकारियाको क्रस पासमा डर्मिकले गोल गरी फेरि स्विट्जरल्यान्डले अग्रता लियो।

दोस्रो पटकको अग्रता गोलकिपरको आत्मघाती गोलबाट भएको थियो। इन्जुरी टाइममा कोस्टारिकाले पेनाल्टी पायो। कोस्टारिकाका ब्रायन रुइजले बल हाने। बल बारमा ठोक्किएर स्विस गोलकिपर यान सोमरको ढाडमा लाग्दै जाली भित्र छिर्‍यो। आधिकारिक रुपमा यो गोल सोमरको आत्मघाती गोलका रुपमा दर्ता भएको छ। 
 

 


ट्रेन्डिङ पोस्ट

Ncell