PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अनशन बस्न जुम्ला हिँडे डा गोविन्द केसी, किन रोजे जुम्ला?



अनशन बस्न जुम्ला हिँडे डा गोविन्द केसी, किन रोजे जुम्ला?

काठमाडौँ: प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बस्न जुम्लातर्फ लागेका छन्। शुक्रवार भनिएको अनशन बस्न डा केसी अहिले नेपालगन्ज पुगेका छन्। बिहिबार साँझ जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेर भोलिपल्टै अनशन बस्ने केसीले बताए।

सदाझैँ यो अनशनमा डा केसीका मागहरु समान छन्। प्रमुख विषय एउटै छ, चिकित्सा शिक्षा अध्यादेश कुनै परिवर्तन नभइ पारित होस।

सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेन। दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन बाँकी छ। 'संसदले विधेयक नै पारित नगर्ने तयारी गरेको बुझिएकाले अनशन बस्न लागेको हुँ', केसीले भने, ' प्रचण्ड ओलीजीहरुले आफ्नो व्यापारिक स्वार्थको लागि दुई तिहाई बहुमतको सरकारको शक्ति देखाएर अध्यादेश फेरबदल गर्न लाग्नु भयो। हामीसँगको सम्झौता, प्रतिबद्धता केही पुरा भएन।'

दुर्गमको जनता स्वास्थ्य शिक्षाबाट बञ्चित भएको केसी सुनाउँछन्। गरिब जनताले शहरमै स्वास्थ्य शिक्षा नपाएको अवस्थामा गाउँको अवस्था झनै दर्दनाक रहेको केसीको कथन छ। 'राज्यको नजर दुर्गममा पनि परोस भनेर यो पटक जुम्लामा अनशन बस्न लागेको हुँ', केसीले भने, ' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु भएको गरिबका छोराछोरीले पढ्न पाउँथे। उपचार पाउथेँ। रोजगार पाउथेँ तर दुर्गममा सरकारको ध्यान जान्नँ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौँपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन सकेको छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त रहेको छ। त्यस्तै पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापना गर्ने काम नभएकाले केसी गाउँमा अनशन बस्न लागेका हुन। भने, 'निजी मेडिकल कलेजको प्रगति छ। सङख्या नि बढी छ। तर एक दुइवटा भएको सरकारी कलेजमा पठनपाठन नभएपछि गरिवका छोराछोरीहरु कसरी डाक्टर बन्ने। कसरी उपचार पाउने कसरी रोजगार पाउने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell