PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

मल्टिप्लेक्समा 'सञ्जु'को लफडा अझै सल्टिएन, आइतबारसम्मका लागि लाग्यो फिल्म



मल्टिप्लेक्समा 'सञ्जु'को लफडा अझै सल्टिएन, आइतबारसम्मका लागि लाग्यो फिल्म

काठमाडौँ : विकडेजमा मल्टिप्लेक्सहरुले दर्शकलाई टिकट दरमा दिने डिस्काउन्ट हटाउनु पर्ने वितरकको मागसित हल सञ्चालक सहमत नभएपछि बलिउडको बहुप्रतीक्षित फिल्म सञ्जुको प्रदर्शनमा उठेको लफडा अझै सल्टिएको छैन। तर मध्यमार्गी बाटो अपनाएर आइतबारसम्मका लागि फिल्म मल्टिप्लेक्सहरुमा प्रदर्शनमा आएको छ।

काठमाडौँमा सबैभन्दा बढी मल्टिप्लेक्सको नेटवर्क भएको क्यूएफएक्सका सिइअाे राेशन अदिगाका अनुसार अाइतबारसम्मका लागि क्यूएफएक्स अन्तर्गतका सबै हलमा 'सञ्जु' प्रदर्शन गरिएको छ। टिकटमा डिस्काउन्टको कुरा साेमबारबाट मात्र शुरु हुने भएकाेले उनीहरुले फिल्म राखेका हुन्।

अाइतबार फेरि वितरकसँग कुरा हुने उनले जनाए। क्यूएफएक्सका सिइअाे राेशनले भने, 'वार्ताकाे क्रममा नै छौं। अहिलेसम्म सकिएकाे छैन।यसबीचमा मिलेर जाने कुरा भएकाेले शुक्रबार ५ बजेबाट क्यूएफएक्सले फिल्म राखेका हौँ।'

उनले भने, 'कुरा सल्टेकाे छैन, अाइतबार फेरि मिटिङ राखेका छौँ। हाम्राे खास विषय त डिस्काउन्ट हाे नि त।'

उनले हप्तामा दुई दिन दिइरहेको टिकट डिस्काउन्ट एक दिन मात्र दिएमा वितरक सकरात्मक देखिने भएकाले एक दिनकाे सहुलियत कटौति हुन सक्ने पहिलाेपाेस्टसँगकाे फाेन संवादमा बताए।

क्यूएफएक्सले आइतबारसम्मका लागि मात्र फिल्म चलाउने कुरा भएको बताउँदा वितरक मनोज राठीले भने यसलाई स्वीकारेनन्। 'व्यापार वितरकको मात्र होइन हल सञ्चालकको पनि हो। त्यसरी नसोचेसम्म एउटा पक्षको मात्र जोडले हुँदैन', उनले भने, 'आइतबारसम्मको लागि सहमति भएको भन्नेले सोमबारदेखि चाहिं के चलाउने रे हलमा?' उनका अनुसार क्यूएफएक्सका भाष्कर ढुङ्गानासँगको कुराकानी पछि एक दिनमात्र डिस्काउन्ट दिने गरी फिल्म चलाउने सहमतिमा पुगेको हो।

राजधानीका केही मल्टिप्लेक्सहरुले एक दिन डिस्काउन्ट दिने गरे पनि केहीले भने दुई दिन दिने गरेका थिए। 

क्युएफएक्सले आफ्ना पाँच वटा मल्टिप्लेक्सहरुमा शनिबार २४ वटा शो सञ्जुका लागि दिएको छ। त्यसैगरी कमलपोखरीको बिग मुभिज, गोंगबुको बिएसआर मुभिज र चाबहिलको एफक्युबमा पनि ‘सञ्जु’ शनिबार लागेको छ। 

सञ्जुलाई गोपिकृष्ण मुभिजले नेपाल राइट्स किनेको छ। मंगलबार, बुधबार र बिहीबार मल्टिप्लेक्सले दर्शकलाई दिंदै आएको टिकटमा सहुलियत सञ्जुका लागि उपलब्ध गराउन नपाउने वितरकको माग सम्बोधन नगर्ने निर्णय गरेपछि प्रदर्शनमा विवाद आएको हो। 

राजकुमार हिरानी निर्देशित फिल्ममा रणवीर कपूरले सञ्जय दत्तको अभिनय गरेका छन् भने मनीषा कोइरालाले उनकी आमाको। फिल्ममा अनुश्का शर्मा, दिया मिर्जा लगायतको अभिनय रहेको छ।  

सम्बन्धित समाचार
सञ्जय दत्तको जीवनमा आधारित फिल्म 'सञ्जु'लाई काठमाडौँका मल्टिप्लेक्सहरुले किन गरे बहिस्कार? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell