काठमाडौं: बाढी पूर्वानुमान शाखाले चुरे र महभारतबाट बहने नदी आसपास रहने बासिन्दाले आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आज देशका विभिन्न स्थानमा भारी वर्ष हुने सम्भावना रहेकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन भनेको हो।
बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै भनेको छ, ‘आज र भोलि चुरे र महाभारतबाट बहने प्राय सबै नदी आसपास रहनुहुनेहरू सतर्क रहौ। आज गोरखा, धादिङ, लम्जुङको, कास्कीको केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कसी बाढी आउन सक्छ, सतर्क रहौ। साथै आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहौं।'
आज र भोली चुरे र महाभारतबाट बहने प्राय सबै नदी आसपास रहनुहुनेहरू सतर्क रहौ । आज गोरखा, धादिङ, लम्जुङको, कास्कीको केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कसी बाढी आउन सक्छ, सतर्क रहौ। साथै आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहौं pic.twitter.com/lEPmbTZDUF
— Nepal Flood Alert! (@DHM_FloodEWS) July 1, 2018