PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुफामा बेपत्ता १२ बालक जीवितै, निकाल्न नसकेपछि चार महिनालाई खाना र चिकित्सक पठाइँदै



गुफामा बेपत्ता १२ बालक जीवितै, निकाल्न नसकेपछि चार महिनालाई खाना र चिकित्सक पठाइँदै

बैंककः थाइल्याण्डको एक गुफामा हराइरहेका १२ बालक तथा उनीहरुका फुटबल प्रशिक्षक जीवितै फेला परेका छन्। उनीहरुलाई दुई बेलायती गोताखोरहरुले फेला पारेका हुन्। 

चियाङ राईमा रहेको थाम लुङ गुफामा वेपत्ता भएको ९ दिनपछि जीवितै फेला पारिएको हो। 

उनीहरुको अवस्था पत्ता लागे पनि त्यहाँबाट उनीहरुलाई उद्धार गर्न भने सकिएको छैन।
 
उद्धारकर्ताहरुले पटाया विचको भुमिगत सुरक्षित आधारमा फेला पार्ने अपेक्षा गरि खोजी थालेका थिए। तर, उनीहरु त्यसभन्दा ४०० मिटर माथि फेला परेका हुन्। वेलायती गोताखोर रिक स्टान्टन र जोन भोलान्थेन गत साता मात्र थाइल्याण्ड पुगेका थिए। उनीहरुलाई ती बालकहरु भएको स्थानमा पुग्न धेरै समय लागेका थियो। 

जब गोताखोरहरु त्यहाँ पुगे उनीहरु हिलो र पानीलाई छल्दै केही माथि बसेका थिए। थाइ नेभी सीलको स्पेशल फोर्सले फेसवुकमा पोष्ट गरेको भिडियोमा टर्चलाइटको मधुरो उज्यालोमा केही बालकहरु देखिन्छ। उद्धारकर्ताले उनीहरुलाई सोधेका छन्,

तिमीहरु कति जना छौँ?

१३ उता बाट जवाफ आउँछ

१३ ? राम्रो 

सो समूहबाट सोधिन्छ 

हामीलाई कहिले सुरक्षीत बाहिर निकाल्छौँ?

आज होइन्। नदेखिएका उद्धारकर्ताले जवाफ दिएका छन्। 

आज हामी दुई जना मात्र छौँ। हामी पौडिनुपर्ने छ। अरु पनि आउँदै छ। हामी पहिला पुग्यौँ। 

एक जना बालक सुनिन्छन्। ‘इट (खा), इट, इट, उनीहरुलाई भन्नुस हामी भोका छौँ।’ 

त्यसपछि ती गोताखोरेल आफूहरु निस्किुनपर्ने र फेरी आउने बताए। 

त्यसपछि एक समूहका एक जनाले ‘तपाईँलाई धेरै धेरै धन्यवाद,’ भने। ‘तपाईँहरु कहाँबाट?’
 
‘इंग्ल्याण्ड, युके’ 

‘ल भोली भेटौँला।’

११ वर्ष देखि १६ वर्ष सम्मका वाल र उनीहरुका कोच २३ जुन देखि गुफामा बेपत्ता भएका थिए।
 
लगातारको वर्षापछि गुफामा पानी भरिँदै गएको छ। उनीहरुलाई त्यहाँबाट उद्धार गर्न सकिने अवस्था छैन्। त्यस्तैले गुफामा चार महिनालाई पुग्ने खाना पुर्‍याईँदै छ। त्यस्तै गुफामा सञ्चारका लागि टेलिफोन जडान गर्न थालिएको डेलि मेलले जनाएको छ। 

उद्धारकर्ताहरुले गुफाबाट प्रतिघण्टा १० हजार लिटर बाहिर निकालिरहेका छन्। तर यही अनुपातले प्रतिघण्टा गुफाको पानी एक सेन्टिमिटर मात्र घटिरहेको छ। 

‘हामीले कम्तिमा चार महिनालाई पुग्ने गरी आवश्यक खाद्यान्नय पठाउने तयारी गरिरहेका छौँ। उनीहरु १३ जनालाई ‘डाइभ’ (पौडी) खेल्ने तालिम समेत दिँने तयारीमा छौँ,’ थाई नेभिका क्याप्ट आनन्द सुरावानले भने।

समय हाम्रो पक्षमा देखिँदैन्। अझै तीन दिन अविरल वर्षा पर्ने अनुमान गरिएको छ। यदी गुफामा पहिरो गयो भने हामी ती बालकसम्म पहुँच गुमाउने छौँ,’ उद्दारमा खटिएका वेल्जियमका गोताखोर बेन रेम्नान्टले भने। 

वेपत्ता भएका बालकहरु ‘मु पा’ फुटवल टिमका खेलाडी हुन्। उनका सहायक कोच २५ वर्षि एक्कापोल जन्थावाङले उनीहरुलाई प्रयाय जसो घुमाउन लैजान्थे। उनीहरुलाई दुई वर्ष अगाडि पनि सोही गुफामा लगेका थिए। 

फसेका बालक मध्ये सबैभन्दा कान्छा चानिन ‘टिटान’ ११ वर्षका छन्। उनी ७ वर्ष हुँदा देखि फुटवल खेल्न सुरु गरेका थिए। 

गुफामा फसेका बालक मध्ये १२ वर्षका मंकोल की आमाले उनीहरु जीवित भएको थाहा पाउँदा खुसी लागेको एएफपीलाई बताएको बीबीसीले जनाएको छ।
 

उद्धारमा थप चुनौति


उनीहरु सुरक्षित फेला परे तर उद्धारमा भने चुनौती रहेको छ। ‘उनीहरु सबै फेला परेका छन्। तर हाम्रो मिसन सकिएको छैन्,’ त्यहाँका गभर्नरले भनेका छन्, ‘हामी मिसन भनेको उनीहरुलाई खोज्न, उद्धार गर्नु र सुरक्षित फर्काउनु हो। उनीहरुलाई हामीले बल्ल फेला पार्‍यौँ। अबको हाम्रो मिसन भनेको उनीहरुलाई गुफाबाट बाहिर निकाल्नु र घर पठाउनु हो।’
 
उनले गुफाबाट निरन्तर पानी निकाल्ने र त्यहाँ चिकित्सक र नर्सहरु पठाउने तयारी भएको बताए। ‘यदी उनीहरु त्यहाँ देखि निस्किन सक्ने अवस्थामा छन् भने उनीहरुलाई बाहिर निकालिन्छ,’ उनले भने, ‘हामीले उनीहरुलाई विद्यालय जान सक्ने हुँदा सम्म हेर्ने छौँ।’ 

उनीहरुको उद्धारका लागि चीन, म्यानमार, लाओस, अष्ट्रेलिया, अमेरिका र बेलायत लगायतका देशहरुबाट एक हजार भन्दा बढी उद्धारकर्ताहरु लागि परेको बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय केभ रेस्क्यू एण्ड रिकभरीका एड सोरेनसनले भनेका छन, ‘गुफाबाट पौडि खेलेर बाहिर निस्किनु अत्यन्त खतरनाक हुन्छ। अझै पर्खिन नै बालकहरुका लागि उचित हुन्छ। किनकी उनीहरु पानी देखि डराइरहेका छन्।’ उनीहरुलाई पानीमा ल्याउनु उनीहरुका लागि मात्र नभई उद्धारकर्ताका लागि खतरापूर्ण हुने उनले बताए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell