PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

गुफामा थुनिएका बालकको उद्धार थप जोखिममा 



गुफामा थुनिएका बालकको उद्धार थप जोखिममा 

बेंककः अविरल वर्षासँगै पानीको सतह बढ्न थालेपछि गुफामा थुनिएका १२ बालक र तीनका फुटबल कोचलाई उद्धार गर्नका लागि उद्धारकर्मीको टोली परिचालन भएको छ। यसअघि सोमवार उनीहरुलाई बेलायती गोताखोरहरुको समूहले पत्ता लगाएको थियो। 

उद्धारमा देखिएको जटिलतासँगै अन्यौलता समेत छाएको छ। थाइ नेभि सिलका अनुसार थुनिएका बालकहरु भएको स्थानमा सात जना गोताखोर, चिकित्सक तथा नर्सहरु पुगेका छन्। उनीहरु सकुशल भएको र उनीहरुको अवस्था गम्भिर नभएको समेत जनाएका छन्। 

जमिनको सतह देखि ३ हजार २०० किलोमिटर तल रहेका उनीहरुलाई उद्धार गर्न कसरी सकिन्छ भन्ने विषयमा अधिकारीहरु जलफलमा जुटेका छन्। तीन दिनसँग लगातार ठूलो वर्षा हुने पूर्वानुमान भएसँगै उनीहरु रोकिएको स्थान समेत जोखिममा पर्ने खतरा बढेको छ। 

उद्धारकर्ताहरुले गुफाबाट पानी निकालिरहेका छन्। तर, यो फसेका बालकहरुलाई बाहिर निकाल्न भने प्रयाप्त छैन्। फसेका बालकहरु अधिकांश साना छन् र उनीहरु पौडि खेल्न समेत सक्दैनन्। गुफाभित्रको साँघुरो प्यासेजमा पौडि खेलेर बाहिर निस्किन अनुभवी गोताखोरहरुलाई समेत हम्मे हम्मे हुन्छ,’ इन्डिपेन्डेन्टले लेखेको छ। 

मंगलबार थाई सैनिकले कि बालकहरुले पौडि सिक्नुपर्ने कि त चार महिनासम्म गुफामै बस्न सक्नुपर्ने सुझाब दिएको समाचारमा उल्लेख छ। सबै बालकहरु वाईल्ड बोअर्स फुटवल टिमका सदस्य हुन। २३ जुनमा हराएका उनीहरु ११ देखि १६ वर्ष उमेर समूहका छन्। उनीहरु गुफाको निकासविन्दु देखि ४ किलोमिटर भित्र छन्। उनीहरु भेटिँदा उनीहरुसँग एउटा टर्च लाइट थियो जसको बेट्रि सकिँदै थियो। 

थाइ प्रहरीले उनीहरुका कोचलाई बालकहरुलाई गुफामा लगेको विषयमा कुनै कानुनी कारवाही गर्न सकिन्छ की भन्ने विषयमा समेत छलफल गरिरहेको जनाएको छ। थाइल्याण्डका प्रधानमन्त्रीले बालहरुको खोजिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

यसैबीच उनीहरुलाई गुफाबाट निकाल्न पौडी सिकाउने विषयमा विज्ञहरुले भने उत्तम विकल्प नभएको प्रतिक्रिया दिएका छन्। ‘गुफाभित्र पौडी खेल्नु भनेको अत्यन्त प्राविधिक कौशल हो। तालिम नलिएकाहरुका लागि त यो अधिक खतरापूर्ण हुन्छ,’ अमेरिकी केभ रेस्क्यु कमिसनका अनमर मिर्जाले एबीसी न्यूजसँग भनेका छन्, ‘त्यसैले उनीहरु अन्य तरिकाले बाहिर निस्किन सक्षम नहुँदासम्म उनीहरुलाई आवश्यक प्रवन्ध मिलाइनुपर्छ।’ 

उनीहरुलाई गुफाभित्र फेला पार्ने बेलायती गोताखोरलेसमेत यो काम चुनौतिपूर्ण रहेको बताएका छन्। ‘उनीहरु संसारका चूनौतिपूर्ण बाढीग्रस्त गुफामा पौडी खेल्न सक्ने अनुभवी गोताखोर हन्,’बेलायती केभ रेक्यु काउन्सिलका उपाध्यक्ष विल ह्वाइटहाउसले भनेका छन्, ‘उनीहरुमा तिब्र बाढी ग्रस्त गुफाहरुमा जानसक्ने कौशल र अरुलाई मार्गनिर्देश गर्न सक्ने क्षमता समेत छ। उनीहरुका लागि समेत यहाँ चुनौतिपूर्ण छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell