PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देउवा सरकारका राजनीतिक नियुक्तिहरु खारेज गर्ने सरकारको निर्णय



देउवा सरकारका राजनीतिक नियुक्तिहरु खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि  फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज गरेको हो। 

यसअन्तर्गत नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड समिति, कम्पनी, बैंक वा अन्य संस्थामा मन्त्रिपरिषद् वा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति र मनोनयन खारेज भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell