PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारको एकै निर्णयले देउवा सरकारका दर्जनभन्दा बढी नियुक्ति खारेज, यी हुन् पद गुमाउनेहरु



सरकारको एकै निर्णयले देउवा सरकारका दर्जनभन्दा बढी नियुक्ति खारेज, यी हुन् पद गुमाउनेहरु

काठमाडौँ : वर्तमान सरकारले अघिल्लो देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको छ। 

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि  फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज गरेको हो। 

यसअन्तर्गत नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड समिति, कम्पनी, बैंक वा अन्य संस्थामा मन्त्रिपरिषद् वा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति र मनोनयन खारेज भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सरकारको यो निर्णयले पुनर्निर्माण प्राधिकरण सिइओ युवराज भुसालदेखि दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, चलचित्र विकास बोर्ड अध्यक्ष नीकिता पौडेलसम्मको पद गुम्ने भएको छ। 

सरकारले भदौ १४ देखि फागुन २ गतेसम्म गरेका केही प्रमुख नियुक्तिहरुको विवरण यस्तो छ- 

भदौ २६
•    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष नरेन्द्रराज बस्नेत

असोज २७ 
•    कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्र
•    खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद

असोज २३ 
•    स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद

असोज २
•    राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत माधवकुमार कार्की
•    राष्ट्रिय योजना आयोगको सदस्य डा. गोविन्दराज भट्ट

कात्तिक २७ 
•    निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक रामकुमार आचार्य
•    नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको पुनः नियुक्ति

कात्तिक ६
•    राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल सुवास
•    पुननिर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल
•    राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत विष्णु ओम वादे

मंसिर २५
•    चलचित्र विकास बोर्ड अध्यक्ष नीकिता पौडेल
•    गोरखापत्र संस्थान महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय

पुस २८
•    घरेलु तथा साना उद्योग विकास समिति कार्यकारी निर्देश नवीनकुमार झा, रौतहट
•    खानेपानी संस्थानको सञ्चालक समिति सदस्य भोगेन्द्र मिश्रसमेतको नियुक्ति
•    गुठी संचालन समितिको अध्यक्ष मिनराज चौधरी र प्रशासक नारायण चौधरी
•    न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुली
•    दूर सञ्चार प्राधिकरण सदस्य (कानुन) हेमकुमार श्रेष्ठ

माघ १८ 
•    राष्ट्रिय खेलकुद परिषद् सदस्य कुवेर प्रकाश सिंह, कैलाली
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell