PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्योङयाङ जाने तयारीमा चिनियाँ राष्ट्रपति, उत्तरको स्थापना दिवसमा विशेष अतिथि!



प्योङयाङ जाने तयारीमा चिनियाँ राष्ट्रपति, उत्तरको स्थापना दिवसमा विशेष अतिथि!
फोटो: yonhapnews.co.kr

प्योङयाङः चिनियाँ राष्ट्रपति सी जिङ पिङ प्योङयाङको राजकीय भ्रमणमा जाने तयारीमा जुटेका छन्। सी उत्तर कोरियाको ७० औँ स्थापना दिवसको अवसरमा जाने राजधानी प्योङयाङ आउन सक्ने उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन्। 

शुक्रवार उत्तर कोरियाली अधिकारीहरुले सेप्टेम्बर ९ मा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने आउन सक्ने जानकारी गराएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ। 

प्योङयाङमा आयोजित अन्तरकोरियाली मैत्री बास्केटबल खेलको रिपोर्टिङका लागि प्योङयाङ पुगेका दक्षिण कोरियाका पत्रकारहरुलाई उत्तर कोरियाली अधिकारीहरुले यस्तो जानकारी दिएका हुन्। 

पत्रकारहरुले सेप्टेम्बर ९ मा चिनियाँ उच्च अधिकारीहरु प्योङयाङ आउने छन्? भनेर सोधेको प्रश्नमा ती अधिकारीले ‘हो हामीलाई विश्वास छ,’ भनेका छन्। ती अधिकारीलाई पुनः सोधिएको थियो, ‘के ती चिनियाँ राष्ट्रपति सी हुने छन्?’ जवाफमा ती अधिकारीले भने, ‘हो उनी आउनुपर्छ, किनकी हामीले उनलाई निम्तो पठाएका छौँ।’

विश्लेषकहरुले यस अगाडि नै चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाको भ्रमण गर्ने अनुमान गर्दै आएका थिए। उत्तर कोरियाली नेता किम जोङ उनले तीन महिनाको अन्तरालमा तीन पटक चीनको भ्रमण गरिसकेका छन्। 

ती उत्तर कोरियाली अधिकारीहरुले अमेरिकी सेना कोरियाली प्रायद्वीपबाट पछि हट्नुपर्ने बताएका छन्। ‘विदेशी सेनाहरु अब यहाँदेखि हट्नुपर्छ। दुई स्कुले बालिका मारिएका जस्ता दुःख घटनाहरु अब दोहोरिनु हुँदैन्,’ ती अधिकारीले भने। 

सन् २००२ मा अमेरिकी सैन्य अभ्यासका क्रममा दुई दक्षिण कोरियाका स्कुले बालिकाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell