PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गुफामा फसेका फुटबल टोलीको उद्धारकार्य शुरु 



गुफामा फसेका फुटबल टोलीको उद्धारकार्य शुरु 

बैंकक:  थाइल्याण्डको चियाङ राईमा रहेको थाम लुङ गुफामा फसिरहेका १२ बालक र उनीहरूको एक प्रशिक्षकको उद्धार कार्य सुरु भएको छ। १८ अन्तर्राष्ट्रिय गोताखोरहरुको टोलीले उद्धारकार्य सुरु गरेका हुन्। 

थार्इ नेभी सीलले आफ्नो फेसबुक पेजमा उद्धारकार्यको बारे जानकारी दिदैं लेखेको छ, 'हामी थार्इ नेभी र अन्तर्राष्ट्रिय गोताखोरहरु फुटबल टोलीलार्इ घर फर्काउन तयार छौ।'
   

उद्धार टोलीका प्रमुख नारोङसक ओसोटानाकोर्नले गुफामा पानीको सतह १० दिन यता घटेको र आगामी ४ दिन उनीहरुको उद्धारका लागि उत्तम रहेको बताएका छन्। मौसम र पानीको सतहले पनि उद्धारकार्यमा असर पर्ने हुनाले त्यसमा केही परिवर्तन भएमा उद्धारकार्य रोक्ने उनले बताए। तर, सबै योजना अनुकुल भएको खण्डमा केही दिन भित्रै उद्धार कार्य सकिने ओसोटानाकोर्नका भनाइ छ। 

ओसोटानाकोर्नले भने 'फसेका बालकहरु शारीरिक र मानसिक रुपमा बाहिर आउन सक्षम छन्।' अभिभावकहरुलार्इ पनि आजको उद्धार कार्यबारे सूचना दिइसकेको उनले बताए। 

उद्धारकार्य सुरु भएपछि गोताखोर, मेडिकल टोली र सुरक्षाकर्मीबाहेक अनावश्यक व्यक्तिहरुलार्इ गुफा प्रवेश गर्ने स्थानबाट हटाइएको छ।
  
यदि सबै योजनाअनुरुप भए आइतबार नै एक बालकलार्इ सकुशल बाहिर निकाल्ने अधिकारीहरुले बताएका छन्। केहीदिनपछि मौसममा फेरबलद हुन सक्ने भएकोले सबैलार्इ त्यसअघि नै सकुशल निकाल्न कोसिस गर्ने बताइएको छ। 

१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गुफा घुम्न जाने क्रममा त्यहाँ फसेका हुन्। उनीहरु बेपत्ता भएको ९ दिन पछि फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell