PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुफामा फसेका थप एक बालकको उद्धार, ८ जना अझै गुफामा



गुफामा फसेका थप एक बालकको उद्धार, ८ जना अझै गुफामा

बैंककः थाइल्याण्डको गुफामा थुनिएका अर्का एक बालककोसमेत उद्धार भएको छ। स्थानीय समय अनुसार साढे चार बजे थाम लुङ गुफामा थुनिएका मध्ये अर्का एक बालकलाई उद्धार गरिएको हो।
 
यसअघि आइतबार चार बालकलाई उद्धार गरिएको हो। उनलाई हेलिकोप्टरबाट अस्पताल पुराइएको छ। वाइल्ड बोर फुटबल टिमका युवा सदस्यहरु तथा उनका कोच गरी १३ जना गुफामा वेपत्ता भएका थिए। गत सोमबार मात्र उनीहरुलाई जीवितै फेला पारिएको थियो। उनीहरु १५ दिनदेखि गुफामा थुनिएका थिए।

स्थानीय समय अनुसार विहान ११ बजे उनको उद्धारका लागि अभियान सुरु गरिएको थियो। दोस्रो उद्धार कार्यमा गएका उद्धारकर्ताहरुले केही समय आराम गरे। उनीहरुका लागि आवश्यक सामाग्री पुराए। अनी पुन उद्धारमा जुटे। 

पाँच वटा एम्बुलेन्स तथा एउटा हेलिकोप्टर सोमबार दिउसो गुफा तर्फ लागेका थिए। 

आइतबार उद्धारकर्ताहरुले ४ जना बालकको उद्धार पछि १० घण्टाका लागि उद्धार कार्य रोकेका थिए। अधिकारीहरुका अनुसार गुफाभित्र अक्सिजन ट्यांक भर्नका लागि १० घण्टा उद्धारकार्य रोकिएको थियो। 

फसेका मध्ये कसलाई बाहिर निकालिएको हो भन्ने जानकारी नदिइएको परिवारका सदस्यहरुलाई उदृत गर्दै सीएनएनले जनाएको छ। ‘अधिकारीहरुले उद्धार गरिएका बालकहरुको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् भने गुफा रहेको स्थानका स्थानीयले समेत केही बताउन मानेका छैनन्,’ समाचारमा भनिएको छ।

उनीहरुके उद्धारका लागि निरन्तर रुपमा १८ जना गोताखोरहरु लागि परेका छन्। 

यस्तो छ बालकहरुको उद्धारका लागि प्रयोग भएको मेटलिक पड

बालकहरुको उद्धारका लागि मेटलिक पडको प्रयोग गरिएको छ।

प्रविधि सम्बन्धि व्यवसायी इलोन मस्कले उनीहरुको उद्धारका लागि प्रयोग भएको मेटलिक पडको भिडियो तथा फोटो सार्वजनिक गरेका हुन्। 
ट्वीटरमा सार्वजनिक गरिएको भिडियोमा लस एन्जलस हाइ स्कुलको स्विमिङ पुलमा उपकरणको परीक्षण गरिएको देखाइएको छ। 
 

उनले आइतबार ट्वीट गर्दै पड 'कीड साइज सवम्यारिन' थाइल्याण्डका लागि पठाइएको जनाएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell