PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

बेठीक कुरा कुनै दबाबबाट पनि यो सरकारले मान्दैन : प्रधानमन्त्री ओली



बेठीक कुरा कुनै दबाबबाट पनि यो सरकारले मान्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बेठीक कुरा कुनै पनि दबाबबाट नमान्ने अडान राखेका छन्। 

राष्ट्रिय सभाको आजको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा एक घण्टान १४ मिनेट बोलेका प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध सरकार रहेकोले यस्ता भ्रष्टाचारलगायतका बेठीक कुरा सरकारलाई दबाब दिएर मनाउन नसकिने बताए।

‘कुनै पनि तहमा हुने भ्रष्टाचार, नीतिगत भ्रष्टाचारप्रति ’बट’ एण्ड ‘इफ’को कुरा हुँदैन सिधा कारवाही हुनेछ।’ प्रधानमन्त्री ओलीले भने,‘सुदृढ सरकारको अभावमा अवरोध हुन्थ्यो, अब हुँदैन। पोलिसीको स्पष्टता सम्भव छ निरन्तरता सम्भव छ। हामीले जनताको आकांक्षालाई आफ्नो आकांक्षा बनाएका छौं।’

अब काठमाडौंका खाल्डाखुल्डी पुरिने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारमाथि जति विश्वास व्यक्त गरेपनि चार महिनाको अवधिमा कति काम गरिन्छ भन्ने अनुमान लगाउन सक्नु हुन्छ। अदालतको स्टे अर्डरले पनि हैरान पारेको छ। बाटो बनाउन गयो कि स्टे अर्डर आइ हाल्छ। सम्मानित अदालतलाई मान्नु पर्छ। त्यसले अलिकति समस्या परेको छ।’

डा. गोविन्द केसीलाई लक्षित गर्दै उनले भने ‘कोही जुम्ला जाँदा उधुम मचिन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell