PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

हामीलाई कम्युनिष्टले हराएको होइन, हारको कारण आफैभित्रको गुटबन्दी : शशांक कोइराला



हामीलाई कम्युनिष्टले हराएको होइन, हारको कारण आफैभित्रको गुटबन्दी : शशांक कोइराला

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कम्युनिष्ट मिलेकाले नभई आफुभित्र एकता नहुँदा कांग्रेस कमजोर हुन पुगेको बताएका छन्। कांग्रेस एकढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने उनले बताए। 

काठमाडौंमा मंगलबार सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विचार गोष्ठीमा महामन्त्री कोइरालाले पार्टीभित्र आन्तरिक एकता भए कम्युनिष्टलेहरुलाई परास्त गर्न सकिने उल्लेख गर्दै उनले अहिले पार्टीभित्र आन्तरिक एकता पहिलो आवश्यक्ता भएको बताए। आफु सँधै गुटबन्दी अन्त्य गर्दै एकतावद्ध कांग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए।

कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुमा दुई ठुृला कम्युनिष्ट मिल्नु मुख्य कारण नभएको उनको भनाई थियो। “हामीलाई कम्युनिष्टले हराएको होइन। हामी आफैभित्रको गुटबन्दीका कारण हारेका हौं,” महामन्त्री कोइरालाले भने, 'हामीहरु पार्टीभित्र मिल्ने हो भने कसैले कांग्रेसलाई हराउन सक्दैन।” उनले पार्टीभित्र  मौलाउँदो गुटबन्दी अन्त्यका लागि लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए।

त्यस्तै, कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले दुई तिहाईको दम्भ देखाइरहेको बताए। अहिलेको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै उनीहरुले कांग्रेसलाई त्यसको प्रतिवाद गर्न सक्ने गरि सशक्त बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्धा्रित मितिभित्रै संघको १२औं महाधिवेशन गर्न आफु प्रतिवद्ध रहेको बताए। उपाध्यक्ष उर्मिला थपलियाले अहिले कांग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न महामन्त्री कोइरालालाई अघि बढ्न आग्रह गरिन्।

घका महामन्त्री आनन्द त्रिपाठी, उपाध्यक्ष सागर परियार, पूर्व महामन्त्री गजेन्द्र कार्की, पूर्व केन्द्रीय सदस्य सन्तोष पाण्डे लगायतले पनि धारणा राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell