PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोग्बाले गरे बेल्जियमविरुद्धको जित थाइल्यान्डका १२ बालकलाई समर्पण, अरुको पनि साथ 



पोग्बाले गरे बेल्जियमविरुद्धको जित थाइल्यान्डका १२ बालकलाई समर्पण, अरुको पनि साथ 

थाइल्याण्डको थाम लुङ गुफामा थुनिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकहरुको सकुशल उद्धार भएपछि फुटबल जगतले उनीहरुप्रति सहयोगको हात अघि बढाएका छन्। 

फ्रान्सेली फुटबलर पउल पोग्बाले सेमिफाइनल खेलमा बेल्जियमविरुद्ध हासिल गरेको जित थाइल्याण्डको गुफाबाट उद्धार गरिएका १२ बालकहरुलार्इ समर्पण गरेका छन्। सामुएल उम्टीटीले ५१ मिनेटमा गरेको गोलले फ्रान्स १२ वर्षपछि विश्वकप फाइनलमा पुगेको हो। 

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर रहेका पोग्बाले ट्विट गर्दै उनीहरु 'हिरो' रहेको बताए। "यो विजय आजका हिरोहरुलार्इ जान्छ, वेल डन बोइज, तिमीहरु धेरै बलियो छौं।"
 

यस्तै इंग्ल्यान्डका केइल वालकरले पनि गुफामा फेसेका बालकहरुलार्इ इंग्ल्यान्डको सर्ट पठाउने इच्छा व्यक्त गरेका छन्। 

१२ बालकहरु मध्य एक जनाले थ्री लायन्सको सर्ट लगाएको तस्विर ट्विट गर्दै उनले लेखे 'सबै थाई बालकहरु गुफाबाट सुरक्षित निस्किए! म उनीहरूलाई सर्ट पठाउन चाहन्छु? कोही व्यक्ति छ जसले उनीहरुको ठेगाना दिएर सहयोग गर्न सक्छ?'

इंग्ल्यान्डका गोलकिपरले पनि सबै बालकहरु सकुशल रहेको भन्दै उनीहरुलार्इ ग्ल्बस पठाउने बताए।

यस्तै स्पेनिस च्याम्पियन्स बार्सिलोनाले बालकहरुलार्इ अर्को वर्ष आफ्नो अन्तर्राष्ट्रिय एकाडेमीमा खेल्न र नोउ क्याम्पमा हुने पहिलो खेल हेर्नका लागि आमन्त्रण गरेको छ।

फिफाले पनि बालकहरुलार्इ आइतवार रसियामा हुने विश्वकप फाइनल हेर्न बोलाएका थिए। तर उनीहरुको स्वास्थ्यमा सुधार आउन अझै समय लाग्ने भएकाले उनीहरु त्यहाँ जाने सम्भावना कम हुदै गएको छ।

बालकहरुको स्वास्थ्य आफूहरुको प्राथमिकता रहेको भन्दै उनीहरुलार्इ अन्य कार्यक्रममा बोलाउने फिफाले जनाएको छ। 

१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक २३ जुनमा थाइल्याण्डको थाम लुङ गुफामा थुनिएका थिए। त्यहाँ फसेको सबैलार्इ १८ दिनपछि सकुशल उद्धार गरिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell