काठमाडौं : डाक्टर गोविन्द केसीको माग पुरा गर्न दबाब दिन चिकित्सकहरुले आन्दोलन गरिररहेको बेला स्वास्थ्य मन्त्रालयले देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बन्द हड्ताल र आन्दोलन नगर्न निर्देशन दिएको छ।
देशमा बाढी पहिरोको प्रकोप गएकाले सबै स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो। निर्देशन नमाने सशक्त कारवाही गर्ने जनाएको छ।