PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

फ्रान्सका अदिल रामी र अस्ट्रेलियन क्याहिलले लिए सन्यास



फ्रान्सका अदिल रामी र अस्ट्रेलियन क्याहिलले लिए सन्यास

अस्ट्रेलियन फुटबल टोलीका एक प्रभावशाली खेलाडी टिम क्याहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। 

ट्विटरबाट सन्नयासको घोषणा गर्दै क्याहिलले आजको दिनबाट आधिकारिक रुपमा सक्कररुस (अस्ट्रेलियन फुटबल टोली)  का लागि आफ्नो बुटलार्इ विश्राम दिएको बताएका हुन्। साथै अस्ट्रेलियन टोलीबाट खेल्दै गर्दा हालसम्म समर्थन गर्ने सबैलार्इ धन्यवाद भन्दै उनले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदाको क्षण कुनै शब्दले वर्णन गर्न नसक्ने बताए। 

२००४ मा अस्ट्रेलियन फुटबल टोलीबाट डेब्यु गरेका क्याहिलले २००६ र २०१४ विश्वकपमा आफ्ना टोलीका लागि २-२ गोल गरेका थिए। ३८ वर्षे क्याहिलले भने रसिया विश्वकपमा पेरुसँगको एक खेलमात्र खेलेका थिए। अस्ट्रेलियका लागि विश्वकपमा पहिलो गोल गर्ने खेलाडी रहेका क्याहिल, अस्ट्रेलियाका सर्वाधिक गोलकर्ता पनि हुन्। अस्ट्रेलियाका लागि उनले १०५ खेल खेल्दै ५० गोल गरेका छन्।

यस्तै २०१८ विश्वकप विजेता फ्रान्सका खेलाडी अदिल रामीले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।  रसिया विश्वकपमा डिडियर डेस्चयाम्पको प्रशिक्षणमा रहेको फ्रान्सेली टोलीबाट रामीले मैदानमा कुनै खेल सहभागी भएनन्। तर रामीले टोलीमा एकता बनाइ राख्न महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्रान्सको टोलीमा रहेर विश्वकप ट्रफी माथि जित हासिल गरेपछि उनले सन्यास लिएका हुन्। २०१० मा फ्रान्सबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका ३२ वर्षे रामीले फ्रान्सबाट ३५ खेल खेलेका छन्। सन्नयास लिदै उनले फ्रान्स विश्वकप ट्रफीको हकदार भएको र आफूले फ्रान्सेली टोली यो भन्दा खुसी कहिल्यै नदेखेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell