PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन गगन थापाको माग



चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन गगन थापाको माग

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन्।

कांग्रेस नेता थापाले सरकारले हाल संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास पनि व्यक्त गरे। 

बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा थापाले आफूहरुको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे। थापाले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जबर्जस्ती काठमाडौं ल्याउन चाहेको आरोपसमेत लगाए।

कांग्रेस नेता थापाले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान अवसर दिन नचाहेको पुष्टि भएको उनको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell