PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

भेट्रान स्पीनर शक्तिले सन्यास घोषणा गर्दाको क्षण, हेर्नुस ९ फोटोमा

भेट्रान स्पीनर शक्तिले सन्यास घोषणा गर्दाको क्षण, हेर्नुस ९ फोटोमा

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सबैभन्दा अनुभवी र पुराना खेलाडी शक्ति गौचनले बुधवार सन्यास लिने घोषणा गरे।

नेपाली क्रिकेट  टोली लर्ड्स र नेदरल्याण्ड्स टुरमा प्रस्थान गर्नु एकदिनअघि उनले युरोप टुर आफ्नो लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेर त्यसबाट पर्केपछि सन्यास लिने बताए।

सँधै हासिरहने र हँसिलो स्वभाव भएका यी भेट्रान स्पीनरलाई शक्ति 'दी पावर' उपनामले समेत चिनिन्छ र बिहीवार नक्साल्क्राउन प्लाजा होटेलमा नेपालको राष्ट्रिय टिमबाट छुटिने घोषणा गर्दा समेत उनी हाँसिरहे। टिमका अन्य खेलाडीहरु शक्तिको नजिकै बसेर उनलाई साथ दिइरहेका थिए।

सुरुमा कप्तान पारस खड्काले मन्चमा पुगेर अब शक्ति गौचनले सन्यास लिने लागेर र युरोप टुर नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए। त्यसपछि शक्ति आँफै मन्चमा पुगेर युरोपबाट पर्केपछि नेपालको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरे। उनले आफूले नेदरल्याण्ड्ससँग ओडआई सिरिज खेलेर बिदा लिने बताए। यस्तै राष्ट्रिय टिममा रहेका अहिलेको नेपाली टिम युवा र उत्कृष्ट रहेको भन्दै यस टिमले चाँही टेष्ट खेलेर बिदा लेओस् भने।

शक्तिले अब युवा खेलाडीहरुलाई अवसर दिन पर्ने बताए। उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेपनि डोमेस्टिक क्रिकेट खेल्ने बताए। यस्तै करियरको पहिलो पेस सकिएपनि अब दोस्रो मार्फत नेपाली क्रिकेटमै आगामी समय बिताउने बाचा गरे।

शक्तिले सन्यास घोषणा गर्दाको क्षण:



ट्रेन्डिङ पोस्ट

Ncell