PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सरकार लगामबिनाको घोडाजस्तै, कानुनमन्त्रीलाई बर्खास्त गर्न शेखर कोइरालाको माग



सरकार लगामबिनाको घोडाजस्तै, कानुनमन्त्रीलाई बर्खास्त गर्न शेखर कोइरालाको माग

बर्दिया: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले नेपाली चेलीहरूको अस्मितामाथि अत्यन्तै आपत्तिजनक अभिव्यक्ति दिने कानुनमन्त्रीलाई पदमा बसिरहन नैतिकताले नदिने उल्लेख गर्दै तत्काल बर्खास्त गर्नूपर्ने बताएका छन्।

आज कांग्रेस बर्दियाले गुलरियामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्तीले आम नेपाली चेलीहरूको आत्मसम्मानमा चोट पुगेको उल्लेख गर्दै उनलाई पदबाट बर्खास्त गर्नुपर्ने बताएका हुन्। सरकार अहिले लगाम बिनाको घोडा जसरी हिँडेकोले देशमा अराजकता बढेको कोइरालाको दाबी थियो। सरकार दूई तिहाईको दम्भबाट मूक्त नभए त्यो कम्युनिष्टकै लागि दुर्भाग्य हुने उनले बताए। 

कोईरालाले राणा, पञ्चायत र शाही शासनकाबिरूद्ध लडेको काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिए। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सस्तो लोकप्रियताका नाममा झूटको खेती नगर्न सरकारलाई चेतावनी दिए। 

नेबिसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंहले कम्युनिष्टको ज्यादतीबिरुद्ध लड्न युवाहरूलाई तयार रहन निर्देशन दिए। कार्यक्रममा पूर्व सचेतक डा शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरु- डा गोबिन्द पोख्रेल र डा स्वर्णिम वाग्ले लगायतले मन्तब्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell