PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्वास्थ्य क्षेत्र 'अस्वस्थ' रहेको बेला स्वास्थ्यमन्त्री सुटुक्क थाइल्याण्डतिर



स्वास्थ्य क्षेत्र 'अस्वस्थ' रहेको बेला  स्वास्थ्यमन्त्री सुटुक्क थाइल्याण्डतिर

काठमाडौं: डा.गोविन्द केसीको अनसनका कारण स्वास्थ्य क्षेत्र आन्दोलित भइरहेका बेला उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड प्रस्थान गरेका छन्।

मन्त्री यादव आज दिउँसो थाइएयर लाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

महिडोल विश्वविद्यालय थाइल्याण्डले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यादव त्यसतर्फ लागेको जनाइएको छ।

बुधवार र बिहीवार उक्त कार्यक्रममा सहभागी भई मन्त्री यादव शुक्रवार नेपाल फर्किने उनको निजी सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell