PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कांग्रेसले भन्यो : डा केसी र सरकारबीचको सहमतिलाई जनताको जित, सहमति संसदमा प्रस्तुत गर्न माग



कांग्रेसले भन्यो : डा केसी र सरकारबीचको सहमतिलाई जनताको जित, सहमति संसदमा प्रस्तुत गर्न माग

काठमाडौं: डा.गोविन्द केसी र सरकारबीच भएको सम्झौता जनताको जित भएको दाबी नेपाली कांग्रेसले गरेको छ।

आजको प्रतिनिधि सभा बैठकमा कांग्रेसको तर्फबाट बोल्दै सांसद डा.मिनेन्द्र रिजालले डा.केसीसँगको सम्झौता जनता र लोकतन्त्रको जित भएको बताएका छन्।

यो सम्झौताले सरकारले जबर्जस्ती शिक्षामा गर्न सक्दैन भन्ने प्रमाणित गरेको रिजालले बताए।

‘लोकमतको बाटोमा हिड्न सरकार बाध्य भएको छ। अब सरकारलाई अगाडि बढ्ने आधार बनेको छ। लोकतन्त्रमा कति ठूलो मत छ भन्ने देखाएको छ। एक पटक फेरि जनताको विजय भएको छ।’ रिजालले भने।

सम्झौताका विषयमा संसदलाई जानकारी गराउन कांग्रेसले माग गर्यो। संसदलाई जानकारी नगराएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लिएपछि शिक्षामन्त्रीले जानकारी गराउँदैछ।

यसैबीच सभामुख र उपसभामुख एउटै पार्टीको हुनु हुदैन भन्ने कुरा रिजालले उठाएका थिए। उक्त विषयको प्रतिवाद गर्दै नेकपाका सांसद कृष्णभक्त पोखरेलले अदालतमा विचाराधिन विषयमा संसदमा बोल्न नहुने तर्क गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell