PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सभामुख र उपसभामुख एउटै पार्टीको रहेसम्म काँग्रेसको आन्दोलन जारी रहन्छ : देउवा



सभामुख र उपसभामुख एउटै पार्टीको रहेसम्म काँग्रेसको आन्दोलन जारी रहन्छ : देउवा

चितवन: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन्। 

आज पत्रकारसँग कुराकानी गर्दै देउवाले भने, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए। केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको देउवाको भनाइ थियो । 

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आइपुगेका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए। 

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताए । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनले आरोप लगाए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell