PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बाढीका कारण भारतमा ४६५ जनाको मृत्यु, दिल्लीमा 'अलर्ट'



बाढीका कारण भारतमा ४६५ जनाको मृत्यु, दिल्लीमा 'अलर्ट'
फोटो: PTI

नयाँ दिल्ली: यस वर्ष अविरल वर्षा र बाढीका कारण भारतका पाँच राज्यमा ४६५ जनाको मृत्यु भएको छ। भारतको गृहमन्त्रालयका अनुसार बाढीका कारण सबैभन्दा धेरै महाराष्ट्रमा १३८ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा उत्तर प्रदेशमामात्र ५८ जनाको मृत्यु भएको छ। आइतवारबाट अविरल वर्षा भइरहेको उक्त क्षेत्रमा आगामी सोमवारसम्म वर्षा हुने मौसम विभागले जनाएको छ।

असममा बाढीबाट १० लाख मानिस प्रभावित भएका छन्। महाराष्ट्रका २६ जिल्ला, बंगालका २२ असमका २१ र गुजरातको १० जिल्ला बाढीबाट प्रभावित रहेको छ। बाढीबाट केरलमा १२५ बंगालमा ११६ गुजरातमा ५२ र असममा ३४ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

हरियाणाद्वारा हथिनी कुण्डबाट पानी छाडेकाले यमुना नदीमा पानी बढेकाले दिल्लीमा बाढीको अलर्ट जारी गरिएको छ। यहाँको पानी खतराको संकेटभन्दा ०.०९ माथि आएको समाचारहरुमा उल्लेख छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell