PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बालिका बलात्कारको दोषीलाई कारवाही गर : कांग्रेस, कांग्रेसले लाशमाथि राजनीति गर्‍यो : ने क पा



बालिका बलात्कारको दोषीलाई कारवाही गर : कांग्रेस, कांग्रेसले लाशमाथि राजनीति गर्‍यो : ने क पा

काठमाडौं : कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्माला पन्तको सामुहिक बलात्कारपछि हत्याका विषयमा सत्तपक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दोषीलाई कारवाहीको माग गरे। तर सत्ता पक्षका सांसदहरुले कांग्रेसले बलात्कृत बालिकाको लाशमाथि कांग्रेसले राजनीति गरेको आरोप लगाए।

बलात्कृत बालिकाको लाश उठाउन नदिएको भन्दै लासमाथि राजनीति भइरहेको सत्तापक्षका सांसदहरुले कांग्रेसमाथि आरोप लगाए। प्रतिनिधि सभाको शून्य समयमा बोल्ने डिला संग्रौलाले हत्यारामाथि कारवाही हुनु पर्ने माग गरिन्। 

यसैगरी कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले पनि कारवाहीको माग गरे।

अर्कोका सांसद दिपप्रकाश भट्टले बलात्कृतको लाशमाथि राजनीति भइरहेको बताउँदै लाश परिवारजनलाई बुझन नदिइएको भन्दै कांग्रेसको आलोचना गरे।
 
निरुदेवी पालले लाशमाथि राजनीति भइरहको भन्दै पीडितलाई कारवाहीको माग गरिन्। प्रमिला राईले महिलाहरुमाथि हिंसा बलात्कार बढी रहेको बताउँदै दोषीलाई कारवाही र पीडितलाई क्षतिपुर्तीको माग गरिन्। 

विशेष समयमा बोल्दै कांग्रेस सांसद भरत शाहले निर्मला पंतको लाशमाथि कांग्रेसले राजनीति नगरेको बताए । उनले कांग्रेसले लाशमाथि राजनीति गन नजानेको भन्दै दोषीमाथि कारवाहीको माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell