PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पाइलटको मापसेले रोकियो काठमाडौंबाट फ्लाई दुबईको उडान, पाइलटलाई के होला कारबाही?



पाइलटको मापसेले रोकियो काठमाडौंबाट फ्लाई दुबईको उडान, पाइलटलाई के होला कारबाही?

काठमाडौं: आइतबार बिहान नौ बजेर ४५ मिनेटमा  उड्ने फ्लाइ दुबईको बिमान बेलुकी ४ बजेसम्म पनि उड्न सकेको छैन।

चालक दलका एक सदस्यले मादक पदार्थ सेवन गरेको पाइएपछि बिहानको उडान रद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक कर्मचारीले बताएका छन् ।

'बिहान उडान भर्नुअघि चालकदलको नियमित चेकजाँच गर्दा पाइलटले मापसे गरेको देखिएको छ,' उनले भने।

उडान हुन नसकेपछि फ्लाइ दुबईले अलपत्र परेका यात्रुका लागि खाने र बस्ने सुविधा व्यवस्था गरिसकेको  छ।

बिहान आठ बजेर ४५ मिनेटमा दुबईबाट काठमाडौंमा एउटा जहाज अवतरण भएतापनि चालकको स्वास्थ्यमा समस्या देखिएपछि 'यहाँबाट दुबई जाने पेसेन्जरहरु होल्डमा बस्नुपरेको' फ्लाइ दुबईले बताएको छ।

काठमाडौंबाट उडान भर्नका लागि दुबईबाट मगाइएको क्रु मेम्बर सहितको जहाज बेलुकी चार बजेर आठ मिनेटमा ल्याण्ड हुने फ्लाई दुबईले बताएको छ।   

मादक पदार्थ सेवन गरेर जहाज उडाइएको पाइएमा परामर्श दिने, चेतावनी दिने, तालिम दिने, जरिवाना गराउने, निलम्बन गर्ने , उडान रद्द गर्ने लगायतका कार्वाही गरिने प्रावधान रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell