PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गैरसरकारी संस्था संयुक्त रुपमा परिचालन गर्ने सम्बन्धि नेपाल चीनबीच समझदारी



गैरसरकारी संस्था संयुक्त रुपमा परिचालन गर्ने सम्बन्धि नेपाल चीनबीच समझदारी

काठमाडौं : नेपाल र चीनबीच गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने विषयमा सहमति भएको छ। 

समाज कल्याण परिषद र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्ज (सिएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ याजुनको उपस्थितिमा काठमाडौंमा परिषदका सदस्य सचिव डिल्ली भट्ट र चीनको सिएनआईका सदस्य सचिव झू रुईले संयुक्त रुपमा परिचालन गर्ने सम्बन्धी तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत् चीनले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ।

३ वर्षे समझदारीपत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानुन अनुरुप संचालन गर्ने बताइएको छ। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिवद्ध रहेको बताइन्। 

उनले चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको पनि खुलेर प्रशंशा गरिन्। 

समझदारी पत्रमा समाज कल्याण परिषदको संस्थागत विकासका लागि पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell