PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भूकम्पले भत्किएको दरबार हाईस्कुलको पुन:निर्माण सुरु



भूकम्पले भत्किएको दरबार हाईस्कुलको पुन:निर्माण सुरु

काठमाडौं : २०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाई स्कुल) को पुन:निर्माणको काम सुरु भएको छ। 

चीन सरकारको सहयोगमा पुन:निर्माण गर्न लागिएको विद्यालयको शुक्रवार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत  यु होङले संयुक्त रूपमा सिलन्यास गरे। 

भूकम्पपछिको भौतिक संरचना पुन:निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुन:निर्माणका आयोजनामा अर्थ मन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच सम्झौता भएको थियो। सोही सम्झौता अनुसार दरबार हाई स्कुलको पुर्ननिर्माण चीनले लागेको हो। 

विद्यालय पुन:निर्माणको सिलन्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुने विश्वास व्यक्त गरे। 

मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्ग चित्र सार्वजनिक गरेको र त्यसमा सम्पुर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुन:निर्माणपछि दरबारहाईस्कुल पनि सम्पुर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास लिएको बताए। 

विद्यालयको पुन:निर्माणको काम चीनले छनोट गरेको निर्माण कम्पनीले गर्न लागेको हो। विद्यालयको २० महिना भित्र पुन:निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ। 

१ सय ६५ वर्ष अगाडि स्थापना भएको दरबार हाई स्कुल नेपालको पुरानो विद्यालय हो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell