काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक पूर्वसभासद कमल पङ्गेनीको निधनका कारण कार्यसूचीमा प्रवेश नगर्दै स्थगित भएको छ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्व सभासद पङ्गेनीको ह्दयघातका कारण आज विहान निधन भएको थियो। उनको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ।
आज ११ बजे बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गरेका थिए।
पङ्गेनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक भोली दिउसो २ बजे बस्ने छ।