PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मिश्रले सम्हाले कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी



मिश्रले सम्हाले कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी

काठमाडौँ : सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी वरिष्ठ न्यायाधिश ओमप्रकाश मिश्रले सम्हालेका छन्। 

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि विदामा बसेपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्।

प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आइतबारबाट विदामा बसेका थिए। जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आइतबारदेखि सम्हालेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

संवैधानिक परिषद्ले मिश्रको नाम सिफारिश गरेपछि पुनः संसदीय सुनुवाई विशेष समितिको बैठकमा त्यसबारे निर्णय हुनेछ। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेपछि मात्रै उनले प्रधान न्यायाधीशको जिम्मेवारी पाउने छन्। 

सर्वोच्च अदालतमा आइतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो। त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell