PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीको जवाफ माग, 'समातेर लगेर इन्काउन्टर भन्ने छुट कसले दियो?'



निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीको जवाफ माग, 'समातेर लगेर इन्काउन्टर भन्ने छुट कसले दियो?'

काठमाडौं: राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले काडांघारीका बालक निशान खड्काको हत्या बारे सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै अधिकारीले बालक हत्याबारे एक अर्कामा विरोधाभास सुचना आईरहेको भन्दै यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन्। 

समयमै प्रहरीले सुझबुझ पुर्ण निर्णय लिएको भए बालकको हत्या नहुने भन्ने टिप्पणी पुर्व प्रहरीका उच्च अधिकारीबाट आउने गरेको भन्दै उनले प्रहरीको भुमिका र घटनाको वस्तुगत यथार्थताबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे। समयमै रेस्कु गर्न नसक्नुमा सरकारको संयन्त्र नै असफल भएको पुष्टी भएको भन्दै उनले भने “बालकको हत्या हुनुमा कसको दोष हो? रेस्कु गर्न नसक्नु सरकारको दोष हो कि होइन? सरकारको संयन्त्र फेल भा हो कि होइन? ” 

प्रहरीले भनेको इन्काउण्टरमा मानवअधिकारको उंलघन भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। अधिकारीले भने “सम्पुर्ण समाचारले बालक हत्यामा संलग्न लाई प्रहरीले छिमेकी सबैको आँखा अगाडि दिउँसो समातेर लगेको भन्ने देखाएको छ। पछि इनकाउण्डटरमा मारिएको भनिएको छ। दक्षिण पुर्वी एशियाको मुलुक जस्तै बनाउन लागेको हो? यो छुट दिएको हो? ”

उनले घटना प्रति राष्ट्रिय मानवअधिकारको पनि कुनै धारणा नआएको भन्दै त्यस तर्फ पनि आयोगको ध्यानाकर्षण गरे। त्यसैगरी उनले कंचनपुर घटनाबारे पनि सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे। भने “कंचनपुरको घटनामा सरकार कहाँ छ ? कंचनपुरका लागि सरकार छ कि छैन यो कुराको जानकारी हामीलाई आवश्यक छ ।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell