PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

प्रदेश १ मा भोलि सार्वजनिक विदा



प्रदेश १ मा भोलि सार्वजनिक विदा

विराटनगर : केन्द्र सरकारले विदा कटौति गरे पनि प्रदेश नम्बर १ को सरकारले प्रदेशका १४ जिल्लाहरुमा भोलि सार्वजनिक विदा दिने भएको छ। 

प्रदेश सरकारले यसबारे गरेको निर्णयलाई स्मरण गराउँदै आज प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केन्द्रको गृह मन्त्रालय र प्रदेशका सबै जिल्ला प्रशासन कार्यालहरुलाई बोधार्थ दिँदै पत्र पठाएको छ। 

विश्व आदिवासी दिवसको अवसरमा भोलि प्रदेश भर सार्वजनिक विदा दिइएको हो। 

प्रदेश नम्बर १ मा सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्ला पर्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell